प्रेस काउन्सिल अफ इन्डियालाई प्रेस काउन्सिल नेपालले गर्‍यो पत्राचार

काठमाडौं । प्रेस काउन्सिल नेपालले प्रेस काउन्सिल अफ इन्डियालाई पत्राचार गरेको छ ।

भारतीय सञ्चारमाध्यम (टेलिभिजन)ले नेपाल सरकार र सरकार प्रमुखको सम्बन्धमा भ्रामक, अतिरञ्जित तथा अपुष्ट खाले सामग्री सम्प्रेषण गरेपछि काउन्सिल नेपालले काउन्सिल अफ इन्डियालाई पत्राचार गरेको हो ।

पत्रमा काउन्सिल नेपालले पत्रकारितालाई अझैं मर्यादित बनाउन भरपुर जोड दिएको उल्लेख गर्दै केही भारतीय टेलिभिजनहरुले नेपालविरुद्ध दुष्प्रचार गर्न खोजेको बताएको छ ।

यसअघि हिजो मात्रै भारतीय न्यूज च्यानल जी टीभीले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको चरित्र हत्या गर्ने गरी एक रिपोर्ट प्रस्तुत गरेको थियो ।

प्रेस काउन्सिल नेपालले काउन्सिल अफ इन्डियालाई लेखेका पत्र
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *