जिमी ग्रुपविरूद्ध १८ करोड कर छलिको मुद्दा

काठमाडौं । जिमी ग्रुपविरुद्ध १८ करोड ३३ लाख मागदाबी सहित मुद्दा दायर भएको छ ।

राजस्व अनुसन्धान विभागले असार २१ गते उक्त कम्पनीविरुद्ध फर्जी कारोबार देखाएर कर छली गरेको अभियाेगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । सुशील थापा अध्यक्ष रहेकाे उक्त कम्पनी काठमाडौं महानगरपालिका वडा नम्बर-४ मा रहेको छ ।

नेपालमा चामल, दाल, तेलको आयात तथा वितरण गर्दै आएको यो ग्रुपले सामान नै खरिद नगरी नक्कली भ्याट बिल बनाएर राजस्व छलि गरेको विभागको आरोप छ । भ्याटमा ५ करोड ९७ लाख, आयकरमा १० करोड ७९ लाख र लाभांश करमा १ करोड ५६ लाख रुपैयाँ कर छलेको विभागले जनाएको छ ।

कम्पनीले झुठा तथा नक्कली मूल्य अभिवृद्धि कर बिल प्रयोग गरी राजश्व छली गरेको पुष्टि भएपछि विभागले बिगो असुल उपर गरी कम्पनीका सञ्चालकहरूलाई जरिवाना र कैद सजाय मागदाबी गर्दै  मुद्दा दायर गरेको हो ।

विभागले भन्सार चोरी पैठारी र झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा पाँचवटा फर्म र दुई जना व्यक्तिविरुद्ध मुद्दा दायर गरेको थियो । न्यु क्रिएसन इम्पेक्स, न्यु काेइराला ब्रदर्स इन्टरप्राइजेज, समर ट्रेडर्स, बिएस ट्रेड इन्टरनेसनल, हाल टोखा नगरपालिकास्थित ग्रान्डी अपार्टमेन्टमा बस्ने मयूर मालाकार र निकेश शाक्यविरुद्ध मुद्दा दायर भएकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =