भारतीय सीमारक्षामा खटिएका एक नेपालीको मृत्यु

काठमाडौं । भारतीय सीमा क्षेत्र जम्मु-काश्मीरमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।

जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल (एलओसी) क्षेत्र नजिक शुक्रबार भएको गोलीबारीमा भारतीय सेनाका नेपाली गोर्खा सैनिक हवल्दार ३६ वर्षीय सम्बर गुरुङको मृत्यु भएको हाे । जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमा खटिएका उनी गोरखा जिल्लाका हुन् ।

गोलाबारीमा घाइते भएका गुरुङको उपचारका क्रममा क्रममा मृत्यु भएको हो । भारतीय सेनाले यसबारे पुष्टि गरेकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =