भोटेकोशी र सुनकोशी नदीमा पानीको बहाव उच्च
२०७७ असार २६ गते

फाेटाे फाइल
सिन्धुपाल्चोक । भोटेकोशी र सुनकोशी नदीमा पानीको बहाब बढेको छ । लगातारको अविरल बर्षाका कारण नदीमा पानीको बहाब बढेको हो ।
भोटेकोशी गाउँपालिकाको लार्चा खोलामा पानीको बहाब बढी बाढी आउँदा एक बच्चालाई बगाएको छ भने पहिरो जाँदा तीन जना पुरिएका छन् । एक जना स्थानीय नाप्चे मगरलाई पहिरोले पुरेको हो भने अन्य दुुई जनाको सनाखत हुन सकेको छैन ।
माथिबाट पहिरो र तल भोटेकोशी नदीले कटान गर्दे लगेपछि स्थानीहरुको भागाभाग भएको छ । तातोपानीमा बस्ती माथिबाट आएको लेदो र पहिरोले केही घर बगाएको छ । भोटेकोशी गाउँपालिकाको वडा नम्बर ४ का स्थानीय लार्चामा रहेको सुख्खा बन्दरगाहामा गएर बसेका छन् ।
२०७७ असार २६ गते
प्रतिक्रिया
सम्बन्धित








