सप्तकोशी नदिमा पानीको बहाब बढयो
२०७७ असार २६ गते

- भरतराज शर्मा (गोपाल)
सुनसरी । देशका विभिन्न भेगमा तीन दिनयता देखि लगातार पानी परिरहँदा सप्तकोशी नदिमा पानीको बहाब बढेको छ ।
कोशी ब्यारेज कन्ट्रोल रुम सुनसरीका अनुसार सप्तकोशी नदिमा आज शुक्रबार बिहान ८ बजेको पछिल्लो मापनअनुसार पानीको बहाव २ लाख १३ हजार २१५ क्युसेक पुगेको छ । जुन यो वर्षको अहिलेसम्म उच्च हो ।
पानीको बहाब भढेसँगै ब्यारेजको ५५ ढोका मध्य ३८ वटा ढोका खोलिएको छ । पानी पर्ने क्रम जारी रहेकोले पानीको बहाव थप बढ्ने भन्दै आसपासका सबैमा सचेतना अपनाउन कोसी ब्यरेज कन्ट्रोल रुमले सुचित गरेको छ ।
२०७७ असार २६ गते
प्रतिक्रिया
सम्बन्धित








