सरिता गिरीकाे पक्षमा बाेलकी अन्सारीलाई मानव अधिकार आयोगले दियाे चेतावनी
२०७७ असार २५ गते

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीलाई आयोगले भ्रम सिर्जना नगर्न चेतावनी दिएको छ ।
आयोगका अध्यक्ष अनुप शर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै भ्रम सिर्जना हुनेगरी नबाेल्न सचेत गराएका हुन् । विज्ञप्तिमा भनिएकाे छ, ‘संविधान, कानुन र दलकाे विधानले दिएकाे अधिकार प्रयाेग गरी सरिता गिरीमाथि गर्न लागेकाे कारवाहीलाई खेदजनक तथा कथित् छानविन प्रतिवेदन भनि दलकाे अधिकारलाई निस्तेज पार्नेगरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएकाे भनाइलाई आयाेगले अस्वीकार गर्छ । यस किसिमकाे भनाइ ट्वीटरमा आउनु खेदजनक छ ।’
गएकाे असार २३ गते अन्सारीले सामाजिक सञ्जाल ट्वीटरमा समाजवादी पार्टीले आफ्ना सांसद सरिता गिरीमाथि गरेको कारबाही खेदजनक भएकाे अभिव्यक्ति सार्वजनिक गरेकी थिइन् । साे विषयमा आयाेगकाे ध्यानाकर्षण भएकाे हाे ।

२०७७ असार २५ गते
प्रतिक्रिया
सम्बन्धित








