घाइते एक जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, यी हुन् घाइते र बेपत्ता भएकाहरु (नामसहित)

काठमाडौं । रातभरको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशी गाउँपालिकामा आएको बाढीमा परी घाइते भएका एकजनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ जम्बुमा गए राति आएको बाढी–पहिरोमा परी घाइते भएकामध्ये स्थानीय सविना बस्नेतलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको हो । अहिले उनको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।
एक जनाभन्दा बढी घाइते ल्याउन समस्या भएपछि अर्का एकजना घाइतेलाई लिन हेलिकप्टर फेरि सिन्धुपाल्चोक गएको जानकारी दिइएको छ । अहिले सभामुख अग्नीप्रसाद सापकोटासहितको टोली घटनास्थलमै रहेका छन् ।

आज गएको बाढी तथा पहिरोमा परी २० घर विस्थापित भएको थियो भने २० जना बेपत्ता थिए । तीमध्ये दुई जनाको शव फेला परीसकेको छ भने १८ जना अझै बेपत्ता छन् । २० वर्षीय निकेश बस्नेत र डेढ वर्षीया निउना बस्नेत रहेका छन् । उनीहरू बाबु-छाेरी हुन् ।

यी हुन् बाढी-पहिराेमा परी घाइते भएकाहरु

बाह्रबिसेः माधवकृष्ण बस्नेत, सुवेश तामाङ, सविता बस्नेत तामाङ, मिङमा तामाङ ।

भोटेकोसीः फुर्वा तामाङ,  १० दिने शिशु

यी हुन् बाढीले बगाएर बेपत्ता भएकाहरू

भोटेकोसी ५: निमदोर्जे तामाङ, मन्जु तामाङ, पासाङ नुर्पु तामाङ, साहिल तामाङ ।

बाह्रबिसे ५: भीम बहादुर वाइवा, चिनमाया वाइवा, लिलामाया वाइबा, पासाङ डोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाला वाइबा, जनकबहादुर थिङ, सबिना तामाङ, आकाश तामाङ, हिमेश शर्मा, आकास केसी, तोकबहादुर तामाङ, युक्त कुमार तामाङ, सुरेश तामाङ, सलिनि तामाङ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 2 =