सिन्धुपाल्चोकमा बाढीः अवस्थाबारे जानकारी लिन बागमती प्रदेशका तीन मन्त्री जाँदै
२०७७ असार २५ गते

काठमाडौं । सिन्धुपाल्चोकमा गएरातिदेखिको अविरल वर्षाका कारण आएको बाढीमा ठुलो जनधनको क्षति भएपछि बागमती प्रदेशका तीन जना मन्त्री त्यसतर्फ प्रस्थान गर्ने तयारीमा छन् ।
सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशी गाउँपालिकामा भोटेकोशी र खाल्डे खोलामा आएको बाढीले बगाउँदा ज्यान गुमाएका २ जनाको शव भेटिएको छ भने १८ जना अझै बेपत्ता छन् ।
सोही क्षेत्रको अवस्थाबारे जानकारी लिनका लागि अहिले बागमती प्रदेशका आन्तरिक मामिलामन्त्री शालिकराम जमरकट्टेलसहित तीनजना मन्त्री हेलिकोप्टरबाट त्यहाँ जाने तयारीमा लागेका हुन् ।
२०७७ असार २५ गते
प्रतिक्रिया
सम्बन्धित








