विश्वभर कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५ लाख ५० हजार नाघ्यो, भारतमा कति ?

काठमाडौं । कोभिड–१९ का कारण विश्वभर मृत्यु हुनेको संख्या ५ लाख ५० हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर कोभिड–१९ का कारण ५,५२,०४६ जनाको मृत्यु भएको छ ।

विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड २१ लाख नाघेको छ । बिहीबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर १ करोड २१ लाख ६६ हजार ६ सय ८८ जना मानिस संक्रमित भएका छन् ।

कोभिड–१९ संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक छ । अमेरिकामा संक्रमितको संख्या ३० लाख ५३ हजार नाघेको छ । त्यहाँ १ लाख ३४ हजार ८६२ को मृत्यु भइसकेको छ ।

त्यस्तै दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा १७ लाख १३ हजार १ सय ६० जना कोरोना संक्रमित छन् । ब्राजिलमा मृत्यु हुनेको संख्या ६८ हजार ०५५ पुगेको छ । छिमेकी मुलुक भारतमा ७ लाख ६९ हजार ०५२ संक्रमित हुँदा अहिलेसम्म २१ हजार १ सय ४४ को मृत्यु भइसकेको छ । यता रुसमा ७ लाख ७९२ जनामा संक्रमण पुष्टि भएका छन् ।

विश्वभर ७० लाख ६४ हजार ७ सय बढि संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ । नेपालमा पनि १६ हजार ४ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ७ हजार ७ सय ५२ जना संक्रमण मुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।

थप जानकारीका लागि

https://www.worldometers.info/coronavirus/

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 16 =