सिन्धुपाल्चोक बाढी अपडेटः दुईको मृत्यु, १८ जना अझै बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसेमा आएको बाढीमा परेर दुई जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको बाह्रविसे जम्बु बजारमा आएको बाढीमा परेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा २३ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी छन् ।

उनीहरुको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट तीन जना घाइतेलाई उद्दार गरिएको छ । उनीहरुलाई हेलिकोप्टरमार्फत जिल्लातर्फ ल्याउने प्रयास भइरहेको छ । घटनामा अझै १८जना बेपत्ता रहेका छन् ।

याे पनि हेर्नुहाेस

सिन्धुपाल्चोकमा बाढीमा परी २० जना वेपत्ता, २ बालक घाइते, उद्दारका लागि हेलिकप्टर जाँदै
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 2 =