रिक्सा चालकका पीडा : राष्ट्रपतिको चासो

काठमाडौँ । पछिल्लो समय कोरोना भाइरसका कारण भएको लकडाउनको मारमा परेका रिक्सा चालकहरूको पीडाप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गरेकी छन् । कोरोना भाइरसको मारमा परेका रिक्सा व्यवसायीहरूको पीडा सामाजिक सञ्जालमा देखेपछि राष्ट्रपति भण्डारीले चासो व्यक्त गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज दाहालले बताए ।

राष्ट्रपति भण्डारीले रिक्सा चालकका पीडा सम्बोधन गर्नुपर्ने बताएको स्वकीय सचिव भेषराज दाहालको भनाइ छ । उनले त्यसतर्फ राष्ट्रपतिको ध्यानाकर्षण भएको बताएका छन् ।

सरकारका सम्बन्धित निकाय गृहमन्त्रालय, सम्बन्धित स्थानीय तह तथा जनप्रतिनिधिहरुले रिक्सा चालकका समस्या समाधान गर्न सक्ने राष्ट्रपतिको धारणा रहेको स्वकीय सचिव भेषराज दाहालले बताए ।

राष्ट्रपतिको ध्यानाकर्षणपछि काठमाडौँ महानगरपालिकाले रिक्सा चालकका समस्या समाधानका लागि बैठक बोलाएको छ । महानगरले रिक्साचालकहरुसँग त्यसबारे छलफल गरेको बताइएको छ । रिक्सा चालकहरूका व्यक्तिगत र पेसागत समस्या रहेकाले महानगरले मात्रै सबै समस्या समाधान गर्न नसक्ने र सम्भव भए जति समस्या महानगरले समाधान गर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *