नेपाल एयरलाइन्सका थप एक पाइलटसहित ४ कर्मचारीमा कोरोना पुष्टि
२०७७ असार २४ गते

काठमाडौं । आज नेपाल एयरलाइनसका थप एक पाइलटसहित ४ कर्मचारीमा कोरोना पुष्टि भएको छ ।
होटल सोल्टीको क्वारेन्टिनमा बसेका उनीहरुको पाटन अस्पतालमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।
उनीहरु चारै जनालाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लाने तयारी गरिएको उनले जानकारी दिइन्।
यसअघि पनि एयरलाइन्सका तीन जना पाइलटसहित नौ जनामा संक्रमण पुष्टि भएको थियो। उनीहरू सबै सशस्त्र प्रहरी अस्पतालमा उपचाररत् छन्।
२०७७ असार २४ गते
प्रतिक्रिया
सम्बन्धित








