ग्रिन फिक्सड डिपोजिटको साथमा, एउटा विरुवा आफ्नै नाममा

काठमाडौं । एनएमबि बैंकले ग्रिन फिक्स्ड डिपोजिट कार्यक्रम सुरु गरेको छ । बैंकले मूल्य र मान्यतामा आधारित बैंकिङ्गमा अग्रसर हुँदै एनएमबि ग्रिन फिक्सड डिपोजिट शुरु गरेको हो ।

अब एनएमबि बैंकका ग्राहकहरुले आफ्नो प्रत्येक नयाँ एनएमबि ग्रिन फिक्सड डिपोजिटसँगै आफ्नो नाममा विरुवा रोपाउन पाउनेछन् ।

बैंकले वातावरणीय संरक्षणलाई सघाउ पु¥याउने उदेश्यका साथ बैंकको नयाँ फिक्सड डिपोजिट आकर्षक सुविधाहरुको साथ प्रस्तुत गरेको हो । जसमा उच्च ब्याजदर, लचिलो समयावधि, फिक्सड डिपोजिट रकमको १००५ कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।

एनएमबि ग्रिन फिक्सड डिपोजिट ब्यवसाय र वातावरणीय दायित्वप्रति सन्तुलन कायम गर्ने सचेतनामुलक प्रयास भएको बैंकको भनाई छ ।

यस योजनाले ग्राहकलाई उक्त प्रतिफल प्रदान गर्ने मात्र नभई मानवीय जिम्मेवारी पनि प्रदान गर्ने बैंकको विश्वास रहेको छ । जसले गर्दा आफू बस्ने वातावरणलाई सुरक्षित तुल्याउन सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *