खतिवडाको ठाउँमा बामदेवलाई ल्याउन युवराज शर्माको सक्रियता

काठमाडौं । सत्तारुढ नेकपा भित्रको ‘महाभारत’मा प्रचण्ड, बामदेव, माधव र झलनाथ खनाललाई फुटाउन ओम्नी समुहका जिम्मेवार ब्यक्ति समेत लागि परेका छन् ।

विवादास्पद ओम्नी समुहलाई चीनबाट कोरोना स्वास्थ्य सामग्री ल्याउन ठेक्का दिन सक्रिय भूमिका निर्वाह निभाएका हिमालयन ह्वाइट हाउस कलेजका सञ्चालक, उच्च माध्यामिक विद्यालय संघ हिसानका बरिष्ठ उपाध्यक्ष युवराज शर्मासमेत बामदेव गौतमलाई ओलीको कित्तामा ल्याउन सक्रिय रहेका छन् ।

बामदेव गौतमलाई उपप्रधान सहित अर्थ मन्त्रालयको जिम्मेवारी समेत दिनेगरी फकाउन युवराज शर्माले बामदेब गौतमका छोरा हरिश गौतमलाई फकाउने कार्य गरीरहेको स्रोतको दावि छ । झापका शर्मा शिवाकोटी युवराज शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्शिवाद पाएका छन् ।

युवराज शर्माको समुहले पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई समेत बर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाको ठाउँमा बामदेव गौतमलाई ल्याउन सकिने बताउँदै सन्देश पठाएको बुझिन आएको छ ।

तर, खुमलटार बैठकमा बामदेव गौतमले आफुले पटकपटक ओलीबाट धोका खाएकोले अब जस्तो सुकै प्रलोभन दिएपनि नजाने बताएका छन् । उनी नेकपा फुटाउने पक्षमा नरहेपनि ओलीसँग झुक्न नजाने पक्षमा छन् ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री पार्टीभित्रको किचलोमा अल्पमतमा परेका छन् । पार्टीको स्थायी कमिटिका ३० जना सदस्यहरुले एकै पटक ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट समेत राजिनामा दिन भनेपछि उनी आफ्नो पद र कुर्सी जोगाउन लागि परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *