एउटा इन्स्टाग्राम पोस्टबाट प्रियंकाले कमाउँछिन् यति धेरै रकम

भारतीय अभिनेत्री प्रियंका चोपडाले एउटा इन्स्टाग्राम पोष्टबाट २ लाख ८९ हजार डलर अर्थात् ३ करोड ४८ लाखभन्दा बढी कमाउने गरेको पाइएको छ ।

सोसल मिडिया कम्पनी हापर एचक्यू डटकमले इन्स्टाग्राममा पोस्ट गर्ने सेलिब्रिटीको वार्षिक सूची ‘इन्स्टाग्राम रिच लिस्ट २०२०’ जारी गरेको छ । जसको सूचीमा अभिनेत्री चोपडा २८ औं स्थानमा छिन् । उनको इन्स्टाग्राममा ५४.३ मिलियन फलोअर्स छन् ।

उक्त सूची अनुसार पहिलो स्थानमा ड्वेन छन् । उनले इन्स्टाग्राममा आफ्नो पोस्टमार्फत् १० लाख डलर अर्थात् १० करोड रुपैयाँ कमाउने गर्छन् । इन्स्टाग्राममा ड्वेन जोनसनको ‘द रक’ नामको अकाउन्ट छ र उनका १८८ मिलियन फलोअर्स छन् ।

क्रिकेटर विराट कोहली पनि यो सूचीमा छन् । २६ औं स्थानमा रहेका विराटको इन्स्टाग्राममा ६६ मिलियन फलोअर्स रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ । उनी इन्स्टाग्राम पोस्टमार्फत् २ लाख ९६ डलर अर्थात् ३ करोड ५६ लाख रुपैयाँ कमाउँछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =