अब एक व्यक्तिले दुईभन्दा बढी सिमकार्ड राख्न नपाइने

काठमाडौं । अबदेखि कुनैपनि व्यक्तिले एउटै टेलिकमको २ भन्दा बढी सिमकार्ड लिन नपाउने भएका छन् । यदि लिएको भएमा अर्काको नाममा नामसारी गरेर सेवा बन्द गर्नुपर्ने छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीको सुरक्षाका लागि एउटै सेवाप्रदायकबाट एउटा व्यक्तिले दुईभन्दा बढी सिमकार्ड राख्न नपाइने व्यवस्था गरिएको प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले जानकारी दिए ।

प्रवक्ता अर्यालका अनुसार प्राधिकरणले निर्णय गरी सेवाप्रदायकलाई कार्यान्वयन गर्न निर्देशन दिइसकेको छ । नयाँ व्यवस्थाअनुसार यदि कुनै पनि ग्राहकले नेपाल टेलिकमका ३ सिमकार्ड लिएको भएमा एउटा सिम फिर्ता गर्नुपर्छ । यसरी फिर्ता गरेकाे सिम अर्कैका नाममा दर्ता हुन्छ ।

पछिल्लो समय अनधिकृत रुपमा उपयोग हुन थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणले सिमकार्ड नियमन गर्न थालेको छ ।प्राधिकरणले यसअघि एक अबदेखि सिमकार्ड निकाल्न आफै आफ्नो सक्कली परिचयपत्र लिएर उपस्थित हुनुपर्ने सूचना जारी गरेको थियो । एउटा व्यक्तिको डाटामा दोस्रो व्यक्तिको पहुँच पुग्न गई त्यसको अनाधिकृत प्रयोग हुने गरेको भन्दै प्राधिकरणले सेवाप्रदायकलाई यस्तो निर्देशन दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =