२ लाख बढी नगदसहित १० जुवाडे पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले २ लाख बढी नगदसहित १० जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

तुलसीपुर उपमहानगरपालिका ७, नयाँबस्ती बस्ने ३६ वर्षीय प्रेमबहादुर सुनारको घरमा जुवा खेलिरहेको प्रहरीले १० जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट २ लाख २५ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 9 =