यी ४ खानेकुरा जुन शरीरका लागि विष समान छन्

व्यस्त जीवनशैली र दौडधुपका कारण मानिसहरु अस्वस्थकर खाना खान बाध्य छन् । त्यसको दुष्परिणामका कारण उनीहरु पीडामा पनि परिरहेका हुन्छन् । खानामा कमैले मात्रै ध्यान दिने गरेकाे पाइन्छ ।

धेरैजसाे मानिसहरू गुलियाे खानेकुरा खान रूचाउँछन् । चिकित्सकहरु त्यस्ता खानाहरु स्वास्थ्यका लागि निकै हानिकारक हुने बताउँछन् । किन त्यस्ता खाना खाँदा शरीरमा गम्भीर असर पर्छ त ?

गुलियो खानेकुरा

अत्यधिक गुलियो खानेकुराले शरीरमा गम्भीर असर गर्छ । निर्मित गुलियो खाद्यपदार्थ स्वास्थ्य समस्याको प्रमुख कारण हुनसक्छ । अनुसन्धानका अनुसार जो मानिस सोडा धेरै पिउँछन् तिनीहरुलाई अत्यधिक भोक लाग्छ र उनीहरु क्यालोरी धेरै भएको खाना खान सुरु गर्छन् । जसले गर्दा बडी मास इन्डेक्स ९बीएमआई० बढ्छ । त्यसैले धेरै गुलियो पदार्थ पिउँदा रसभरी, काक्रोको पानी, पुदिनाको रस वा कागतीको रस मिलाएर पिउने गर्नुपर्छ ।

रेड वाइन अत्यधिक पिउनु

भनिन्छ रेड वाइन पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसमा पाइने पोलिफेनोल्स नामक एन्टिअक्सिडेन्ट पाइने भएकाले मुटुको लागि राम्रो हुने बताइए पनि कुनै पनि स्वास्थ्यसम्बन्धी अनुसन्धानले रेड वाइनको कुनै निश्चित फाइदा हुने देखाउँदैन । स्वास्थ्य विशेषज्ञका अनुसार रेड वाइन धेरै पिउँदा हृदयरोग, स्ट्रोक, उच्च रक्तचाप जस्ता विभिन्न प्रकारका स्वास्थ्य समस्याहरु उत्पन्न हुन्छन् ।

कार्बोहाइड्रेट नखानु

कार्बोहाइड्रेट शरीरलाई उर्जा दिने पोषक तत्व हो । यसले शरीरका मांसपेशीहरु र मस्तिष्कलाई इन्धन प्रदान गर्ने काम गर्छ । त्यसैले किटो डाइट अवलम्बन गर्दा कार्बोहाइड्रेटलाई पूरै कम गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । त्यसैले खानामा सन्तुलित मात्रामा कार्बोहाइड्रेटको मात्रा पनि सेवन गर्नुपर्छ ।

सप्लीमेन्टमा निर्भर हुनु

शरीरले स्वस्थ रुपमा काम गर्नको लागि विभिन्न प्रकारका भिटामिन र खनिज पदार्थको आवश्यकता पर्छ । त्यसैले औषधि र सप्लीमेन्टमार्फत यस्ता खनिज पदार्थहरु प्राप्त गर्न निकै सहज हुन्छ तर स्वास्थ्यका लागि यो विषसमान हुनसक्छ । त्यसैले खाद्यपदार्थ, फलफूल र विभिन्न आहारहरुबाट शरीरका लागि आवश्यक पदार्थ प्राप्त गर्नुपर्छ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *