कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी हत्या

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका-५ का अन्दाजी ५० वर्षीय गोपाल कुँवरको धारिलो हतियार प्रहारबाट गए राति हत्या गरिएको छ । छिमेकी ३५ वर्षीय गोरे भनिने गौरव खड्काले धारिलो हतियार प्रहार गरी कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापा क्षेत्रीले बताए ।

धारिलो हतियार प्रहार गरी कुँवरको हत्या गर्ने कार्यमा संलग्न खड्का भने फरार रहेका छन् । फरार रहेका खड्काको खोजीकार्य जारी छ । ‘घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ’, प्रहरी नायब उपरीक्षक थापाले भने, ‘’के कारणले हत्या भएको रहेछ भन्नेबारे अनुसन्धानको कार्य भइरहेको छ ।’

कुकुरसहितको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको उनले बताए । राति १० बजेको समयमा हत्या भएको बताइएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *