तेलको ट्याङ्करबाट १२८ किलो गाँजा बरामद, चालक-सहचालक पनि पक्राउ

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १२८ केजी लागू औषध गाँजा बरामद गरेको छ । साथै प्रहरीले गाँजा ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त परिमाणमा गाँजा बरामद गरेको मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रवहादुर रानाले जानकारी दिए ।

उनका अनुसार शनिबार बिहान ५ बजे हेटौंडाबाट वीरगञ्ज जाँदै गरेको ना ६ ख ६७७४ नम्बरको तेल बोक्ने ट्याङ्करमा लुकाई छिपाई लागू औषध गाँजा ओसार पसार गरिँदै छ भन्ने विशेष सूचनाका आधारमा प्रहरीले आवश्यक जाँच प्रक्रिया अघि बढाएको थियो ।

प्रहरीले सो ट्याङ्करका चालक बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका-३० बस्ने २७ वर्षीय एनामुलहक देवान र सह–चालक सोही स्थान बस्ने २४ वर्षीय मोहरवान अन्सारीलाई पक्राउ गरेको जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − five =