राष्ट्रपतिलाई भेटेर फर्किए प्रधानमन्त्री, बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरूसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटपछि बालुवाटार फर्किएका छन् । शितलनिवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच करिब एकघण्टाको छलफल पछि प्रधानमन्त्री बालुवाटार फर्किएका हुन् ।

स्रोतका अनुसार राष्ट्रपतिसँगको छलफलपछि बालुवाटार फर्किएलगत्तै प्रधानमन्त्री ओली अहिले मन्त्री र राज्यमन्त्रीहरुसँग छलफल गरिरहेका छन् ।

अहिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादले पार्टी विभाजनको अवस्थामा पुगेको छ ।

अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच पार्टीलाई फुट्न नदिने प्रयासस्वरुप आज बोलाइएको स्थायी कमिटीको बैठक पनि स्थगित गरिएको थियो ।

बैठक स्थगित पछि प्रचण्ड निवास खुमलटारमा सचिवालयका ६ जना सदस्यहरु बीच छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *