खोकनामा रोपाई गर्न गएका स्थानीय र प्रहरीविच झडप (भिडियाे सहित)

काठमाडौं । सरकारले पुर्खौली जग्गाजमिन कब्जा गरेको भन्दै ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ । आफ्नो जमिन खनजोत गर्न गएका किसान र प्रहरीबीच झडप भएको हो ।
झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेको छ । शनिबार बिहान रोपाई गर्न गएका किसानलाई प्रहरीले अवरोध गरेपछि झडप भएको हो ।

विकासका नाममा जग्गाजमिन र पुर्खौली थातथलो कब्जा गरेको भन्दै खोकनाबासीले पटकपटक विरोध गर्दै आएका थिए । पछिल्लो समय अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न समेत नदिएपछि स्थानीयले खड्का फाँटमा संयुक्त रोपाइँ कार्यक्रम राखेका थिए ।

काठमाडौं तराई द्रुतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ भक्तपुर १३२ केभी प्रसारणलाइन खोकना हुँदै बनाउने सरकारको तयारी छ । तर स्थानीयबासीले भने विकासका नाममा सांस्कृतिक शहरमाथि अतिक्रमण गरेको भन्दै विरोध गर्दै आएका छन् । किसानहरूले सरकारले दिने भनेकाे मुआब्जा नलिने भनेका छन् ।

उनीहरुले सिमा बचाउन नसक्ने स्थानीय गरिब जनतालाई भने उठिबास लगाउन खोजेको तर्क गरेका छन् । झडपमा स्थानीयले ढुंगामुढा गर्दा केही प्रहरी घाइतेसमेत भएका छन् ।







तस्विरहरूः सामाजिक सञ्जालबाट
https://www.facebook.com/HamroJatra/videos/721349701741130/








