बझाङमा पहिरोले १७ घर बगायो, कम्तिमा ११ जना वेपत्ता

काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिकामा पहिरोले १७ घर बगाएको छ । गाउँपालिकाको वडानम्बर ८ मेल्लेखीमा बिहान २ बजेतिर गएको पहिरोले १७ घर बगाउँदा कम्तिमा ११ जना बेपत्ता भएका छन् ।

पहिरोबाट ठूलो मानवीय क्षति भएको अनुमान छ । पहिरो गएको गाउँमा प्रहरी सहितको उद्धार टोली बिहानै गएको भए पनि पुग्‍न सकेको छैन ।गाउँपालिकाका अध्यक्ष इन्द्र भण्डारीले हालसम्म घटना स्थलमा पुग्न नसके पनि आफूलाई १७ घर पहिरोले बगाएको र ११ जना बेपत्ता भएको सूचना आएको जानकारी दिए ।

उनका अनुसार स्वास्थयकर्मी, सुरक्षाकर्मीसहित गाउँपालिकाको टोली बाटोमै छ । त्यहाँ उद्धार टोली पुग्नका लागि अझै दुइ घण्टा भन्दा बढी लाग्‍न सक्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *