भरतपुरमा थपिए ६ जना काेराेना संक्रमित
२०७७ असार १९ गते

चितवन। भरतपुर महानगरपालिका भित्रका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
महानगरको वडा नम्बर ३, ६, ८, १६ र २७ का ६ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु सबै पुरुष हुन् ।
सबै क्वारेन्टिनका रहेको भरतपुरस्थित कोभिड १९ प्रयोगशालाले जनाएको छ । थपिएका ६ जना पुरूषकाे उमेर ३५, ३१, ३१, २९, ४३ र ४९ रहेकाे छ ।
नवलपुरको देवचुलीका ७ जनामा पनि कोरोना पुष्टि भएको छ । देवचुलीका संक्रमितहरु पनि सबै क्वारेन्टिनमा रहेकाहरु हुन् । देवचुलीका ७ जना मा २ जना पुरूष र २ जना महिला रहेका छन् । उनीहरू ३ वर्षदेखि ३० वर्षका छन् ।
२०७७ असार १९ गते
प्रतिक्रिया
सम्बन्धित








