नयाँ बानेश्वरका कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । आज थप एक जना संक्रमितको मृत्यु भएसँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

कोरोना संक्रमणबाट ज्यान गुमाउनेमा काठमाडौं नयाँ बानेश्वर बस्ने ८५ वर्षीय पुरुष रहेका छन् । उच्च रक्तचाप र पार्किन्सको समस्या भएका उनी छाती दुखेको र पिसाब कम भएपछि काठमाडौंकै एक अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालले आइसोलेसनमा राखेर उनको उपचार सुरु गरेको थियो । उपचारकै क्रममा असार १७ गते राति ११ बजे उनको मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए । ती व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 10 =