मृत्युसँग लडिरहेका योगेन्द्र खड्कालाई धनगढी ग्यालरीले गर्‍यो आर्थिक सहयोग

काठमाडौं । सामाजिक कार्यमा सक्रिय ‘धनगढी ग्यालरी’ले सेती प्रादेशिक अस्पतालमा उपचाररत योगेन्द्र बहादुर खड्कालाई आर्थिक सहयोग गरेको छ । आर्थिक अभावले उपचारमा समस्या भएका खड्कालाई ग्यालरीले ७ हजार ५ सय १० रुपैया सहयोग गरेको हो ।

डोटीको आदर्श गाउँपालिका निवासी योगेन्द्र २०६९ साल पुस १३ मा सुर्खेतको साविक दशरथपुरमा बस दुर्घटनामा परी स्पाईनल ईञ्जुरी भई कम्मरभन्दा मुनि चल्न नसक्ने भएका थिए । हाल उनको परिवार कञ्चनपुरको भिमदत्त नगरपालिका ५ मा बस्दै आएको भएपनि उनी सेती प्रादेशिक अस्पतालमा मृत्युसँग लडिरहेका छन् ।

उनको आर्थिक अवस्था निकै कमजोर भएकाले उपचारमा समस्या भएपनि धनगढी ग्यालरीले पनि सहयोग गरेको हो । ‘हामीले विभिन्न समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएका छौं,’ ग्यालरीका प्रबन्धक चक्र खडायतले भने- ‘योगेन्द्र बहादुर खड्कालाई पनि उपचारमा सहज होस् भन्ने हेतुले आर्थिक सहयोग गरेका हौं ।’

उनका अनुसार धनगढी ग्यालरी सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ । विभिन्न समयमा रगत अभावमा भएका बेला रक्तदान गर्दै आएका छ भने धार्मिक क्षेत्रको सरसफाइमा पनि अग्रसर छ । यसअघि क्यान्सर पीडितमा लागि ५७ हजार सहयोग संकलन गरेर हस्तान्तरण गरेको थियो । यसैगरी विदेश (सिंगापुर)बाट धनगढी ग्यालरीका सदस्यले ३० सहयोग गरेका थिए ।

ग्यालरीले सामाजिक कार्यका साथै सरकारी निकायको काममा निगरानी राख्ने र खवरदारी गर्ने काम पनि गर्दै आएको छ भने समस्यामा परेकाहरुलाई सक्दो सहयोग गरिहेको छ ।

सहयोगको याचना
सेती प्रादेशिक अस्पतालमा उपचाररत खड्काको ह्वील चियर नै सारथी बनेको छ । उनी सिकिस्त भएपछि उनको परिवारको आर्थिक अवस्था निर्क कमजोर भएका छ भने उपचारका लागि नै समस्या भइरहेको छ । उनका श्रीमती र ६ वर्षीया छोरी छन् ।

पैसाको अभाव भएपछि केही समय खड्का बृद्धाश्रममा पनि बसे । तीन बर्ष श्रीमतीले पनि विभिन्न संघसस्थामा काम गरिन् । तर श्रीमानको हेरबिचार गर्नुपरेपछि उनले आफुले पाएको काम पनि छा्ड्नुपर्ने बाध्यता भयो ।

खड्काको एक्कासी अण्डकोष सुनिएपछि उनको स्वास्थ्य अवस्था बिग्रीदै गयो । स्थानीयवासी एक हजार चार सय चन्दा उठाई उनलाई सेती प्रादेशिक अस्पताल धनगढी पठाए । अहिले उनको उपचारमा समस्या भएको उनी श्रीमती विष्णाले दुखेसो गरिन्, ‘दैनिक हात मुख जोर्न समेत खर्च छैन् । उपचार कसरी गर्ने ?’ उनले भनिन् ।

उनले श्रीमानको उपचारका लागि सहयोगको याचना गर्दै थपिन्, ‘घरमा रोजगार कोही छैन् । उपचारमा धेरै खर्च हुने देखिएको छ । बृद्ध आमा पनि बिरामी छिन् । तर आर्थिक अभावले उपचार गर्न पाएकी छैनन् ।’

बिरामीको नाम योगेन्द्रबहादुर खड्का
नविल बैक महेन्द्रनगर खाता नम्बर 2910017507761
सम्पर्कका लागि योगेन्द्र खड्का ९८४३४२८१३८
बिष्णा खड्का -श्रीमती ९८६८ ८९ ६५६८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *