पहिरोमा पुरिएर १८ महिने बालकको मृत्यु, एक बेपत्ता

काठमाडौं । गुल्मीको इश्मा गाउँपालिकामा पहिरोमा परेर एक बालकको मृत्यु भएको छ । इश्मा गाउँपालिका-१ हस्तिचौरको सारु गाउँमा गएको पहिरोमा परेर बसन्त सारुका छोरा १८ महिने बालक सिजन सारुको मृत्यु भएको हो ।

गुल्मीका डीएसपी केदारराज पन्तका अनुसार रिखबहादुर खत्रीकी ७ वर्षीया छोरी अपेक्षा खत्री बेपत्ता छन् । स्थानीय इश्वरा खत्रीसहित ४ जना गम्भीर घाइते भएका छन् । गएरातिदेखि परेको अविरल वर्षाका कारण सो ठाउँमा पहिरो गएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =