सानिमा बैंक र आईएमएस ग्रुपबीच सम्झौता, सामान खरिदमा ५ प्रतिशत छुट  

काठमाडौं । सानिमा बैंक लि. र आईएमएस ग्रुपबीच बैंकका ग्राहकलाई विभिन्न सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंकका ग्राहकलाई सामान खरिद गर्दा ५ प्रतिशत छुट दिने गरी सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले आईएमएस ग्रुपको काठमाडौं कमलपोखरीस्थित सिटी सेन्टर र दरबारमार्गस्थित वन दरबार मलमा रहेको आईएमएस लिटल स्माइल्स स्टोरबाट डेबिट क्रेडिट कार्ड प्रयोग सामान खरिद गर्दा ५ प्रतिशत सम्म ग्राहकहरुले छुट पाउने छन् ।

ड्रोन, गिम्बल, ह्युमिडिफायर, पावर बैंक, बेबि प्रोटक्टस् लगायत सामान खरिद गर्दा ५ छुट दिने बताइएको छ ।

साथै क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई १८ महिनासम्मको मासिक किस्ताबन्दी (ईएमआई) सेवा पनि उपलब्ध रहेको प्रमुख निक्षेप व्यवस्थापन वमल बास्तोलाले जानकारी दिएका छन् ।

सम्झौतापत्रमा बैंकका तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आईएमएस ग्रुपका तर्फबाट ग्रुपका अध्यक्ष तथा निर्देशक डिकेस मल्होत्राले हस्ताक्षर गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *