सिटिजन्सको शाखा रहित बैंकिङ्ग सेवा दोलखाको मागा देउरालीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दोलखाको मागा देउरालीमा शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ बैंकले दोलखा जिल्लाको मागादेउराली,–०३ बाघखोरमा १०४ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो ।

सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी गोविन्द श्रेष्ठलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा रु ७ लाखका दरले रु ४९ लाख, विभिन्न स्थानीय निकायमा खडा गरिएको कोषमा करिव रु ६ लाख तथा विभिन्न संघ संस्थालाई रु ६ लाख गरी हालसम्म कुल रु ६१ लाखको सहयोग गरेको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको बैंकले जनाएको छ । यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंक प्रति उल्लेखनीय विश्वास एवं बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकका प्रवक्ता उमंग शर्माले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *