ड्रोन उडाउँदै गरेका ४ जना काठमाडौंबाट पक्राउ 

काठमाडौं । ड्रोन उडाउँदै गरेका ४ जनालाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको छ । विना अनुमति ड्रोन उडाएको भन्दै महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको हो ।

ड्रोन उडाउँदै गरेको अवस्थामा काठमाडौं महानगरपालिका–२ लाजिम्पाटबाट प्रहरीले मार्चिङ एन्ड प्रालिका कर्मचारी ललितपुर महानगरपालिका–१० का ३१ वर्षीय रवि शाक्यसहित ४ जनालाई बुधबार साँझ नियन्त्रणमा लिएको हो ।

सोही ठाउँस्थित माछापुछ्रे बैंकको भवनको भिडियो खिच्न मार्चिङ एन्ड प्रालि कम्पनीलाई जिम्मा दिएकोमा उक्त ड्रोन बिनाअनुमति उडाएको र निषेधित क्षेत्रमा पुगेको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 6 =