प्रचण्डलाई भेटेर निस्किएका नेम्वाङ भन्छन्– परिस्थिति गम्भीर छ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता सुवास नेम्वाङले नेकपाभित्रको विवादको परिस्थिति सोचेभन्दा गम्भीर रहेको बताएका छन् । बिहीबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका नेता नेम्वाङले छलफलपछि यस्तो बताएका हुन् ।

‘अहिले नै के हुन्छ भनेर बताउन सकिने अवस्था छैन । परिस्थिति सोचेभन्दा गम्भीर छ । प्रचण्डले अढाइ वर्ष अनुभूत गरेको कुरा खुस्त पार्नुभयो’ उनले भने । झण्डै साढे तीन घण्टा चलेको छलफलमा प्रचण्डले आफूले ह्युमिलेट फिल गरेको बताएको पनि नेम्वाङले जानकारी दिए । पार्टीभित्रका समस्या सबै नेताहरु एक ठाउँमा बसेर हल गर्नुपर्ने नेम्वाङकोे भनाइ छ ।

पछिल्लो समय प्रधानमन्त्रीको भारतविरोधी अभिव्यक्तिलाई लिएर नेकपाभित्र विवाद चर्किएको छ । स्थायी समिति बैठकमा पनि अधिकांश सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेका छन् । विवादकै बिच प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठकअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलका लागि शीतल निवास पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + six =