सामाजिक सञ्जालमा लाइभ गर्दै युवतीले गरिन् आत्महत्या

काठमाडौं । दाङमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गर्दै आत्महत्या गरेकी छिन् । तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले आत्महत्या गरेकी हुन् ।

गौतमको केही समयअघि डिभोर्स भएको र माइतीमै बस्दै आएको खुलेको छ । उनले गत राति फेसबुकमा लाइभ गरेर आत्महत्या जिल्ला प्रहरी कार्यालय दाङले पुष्टि गरेको छ ।

गौतम आफ्नो माइतीमा एक्लै बस्दै आएकी थिइन् । आमाबाबु भारतमा काम गर्न गएको पाइएको छ । मृतक युवतीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा राखिएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + ten =