गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १०१४ पुग्यो

काठमाडौं । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । प्रदेशका ४ जिल्लामा गरी थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार थपिएका संक्रमितमध्ये बागलुङका एक पुरुष, स्याङ्जाको कालिगण्डकी र वालिङका एक–एक गरी दुई पुरुष, तनहुँको ऋषिङ गाउँपालिकाका ३ पुरुष र पर्वतको फलेबास, कुश्माका गरि दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हाे ।

थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा कुल संक्रमितको संख्या १०१४ पुगेको छ, जसमध्ये २ जनाकाे मृत्यु भइसकेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *