आज र भाेली कहाँ कहाँ वर्षा हुन्छ (मौसमी विवरण)

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको भन्दै देशभर आंशिक देखि भारी वर्षा हुने जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रही प्रदेश ५, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा वर्षा भईरहेको छ।

आज असार १८ गते दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

आज रातीः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेशका, प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

असार १९ गते शुक्रबार

भोली दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश ५, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशकाका थोरै स्थानमा भारी वर्षा हुन सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *