चलचित्र ‘सूर्यवंशी’ र ‘८३’ काे नयाँ रिलिज मिति ताेकियाे

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को प्रभावले अहिले विश्व नै सकंटमा परेको छ । त्यस्तै सम्पूर्ण चलचित्र बजार पनि ठप्प भएका छन् । कोरोनाको कहरले गर्दा हलहरु बन्द हुँदा भर्खर रिलिज भएका र रिलिजको तयारीमा रहेका चलचित्रहरु अहिले चलचित्रकर्मीहरुले डिजिटल प्लेटफर्ममा रिलिज गर्दैछन् । हलहरुमा चलचित्र रिलिजको टुंगो नलाग्दा दर्शकहरुको लागि भने खुशीको खबर हो ।

बलिउडका बहुप्रतिक्षित चलचित्र ‘सूर्यवंशी’ र ‘८३’ ले नयाँ रिलिज मिति तोकेका छन् ।

अब अक्षय कुमार, कट्रिनाको ‘सूर्यवंशी’  तिहारमा रिलिज हुनेछ । रोहित सेट्टीले सो चललित्र निर्देशन गरेका हुन् । यो चलचित्र दर्शकहरुको बहुत प्रतिक्षित चलचित्र हो । चलचित्रको ट्रेलरले दर्शकहरुबाट राम्रो प्रतिक्रिया समेत पाएको थियो । मार्च २४ तारिखमा रिलिज हुन लागेको चलचित्र अब झन्डै ८ महिनाको पर्खाइपछि दर्शकले हेर्न पाउने भएका छन् ।

१९८३ को विश्वकपमा आधारित ‘८३’ यही वर्षको क्रिसमसमा रिलिज हुने भएको छ । कविर खान निर्देशित चलचित्रमा रणवीर सिंहले पूर्व क्रिकेटर कपिल देवको भूमिका निर्वाह गरेका छन् भने दीपिका पादुकोणलाई रणवीरको अपोजिटमा देख्न सकिनेछ । अप्रिल १० मा रिलिज हुने भनिएको यो चलचित्र पनि झन्डै ८ महिनापछि रिलिज हुन लागेकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fifteen =