गरिमा बैङ्कले एक महिनाको ब्याज छुट दिने

काठमाडौँ । गरिमा विकास बैङ्कले एक महिनाको ब्याज छुट दिने भएको छ । कोभिड–१९ बाट अत्यधिक प्रभावित यात्रुवाहक सवारी साधन परियोजनामा सोही सवारीसाधन समेतको धितोमा प्रवाहित“हायर पर्चेज” शीर्षक कर्जामा नेपाल राष्ट्र बैङ्कको निर्देशन बमोजिमको छुट बाहेक थप एक महिनाको ब्याज छुट दिने भएको हो ।

गत चैत्र ११ देखि भएको देशव्यापी बन्दाबन्दीका कारण यात्रुवाहक सार्वजनिक यातायात क्षेत्रलाई अत्यधिक प्रभाव परेको छ । यसै प्रयोजनका लागि बैङ्कले सुरक्षणको रूपमा सम्बन्धित सवारी साधन समेत धितो राखी यात्रुवाहक कालो नम्बर प्लेट र पर्यटकको सवारीका लागि प्रयोग हुने हरियो नम्बर प्लेटका सवारी साधन (बस, मिनीबस, माइक्रो बस, जिप र ट्याक्सी लगायत) खरिदका लागि प्रवाह गरेको हायर पर्चेज शीर्षकका कर्जा उपभोग गरेका ऋणीहरूलाई नेपाल राष्ट्र बैङ्कको २०७७ वैशाख १६ गतेको निर्देशन बमोजिमको वैशाख, जेठ र असार महिनाको ब्याजदरमा २ प्रतिशत विन्दु दरले दिइएको छुटबाहेक २०७७ आषाढ महिनाको व्याज रकम राहत स्वरूप पुरै छुट दिने निर्णय गरेको हो ।

बैङ्कले ग्राहकहरूलाई आषाढ मसान्त भित्र गरिमा विकास बैङ्कको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराई उक्त सुविधा लिन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *