विदेशमा अलपत्र परेका १३ हजार बढी नेपालीको उद्धार, कुन देशबाट कति ? [सूचीसहित]

काठमाडौं । कोरोना महामारीका कारण विभिन्न देशमा समस्यामा परेका १३ हजार ७ सय बढी नेपालीको उद्धार भएको छ । जेठ २३ गतेदेखि असार १६ गते मंगलबारसम्म विभिन्न मुलुकबाट १३ हजार ७ सय ७ नेपालीको उद्धार गरिएको हो ।

भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका यी नेपाली कामको सिलसिलामा विभिन्न देशमा पुगेका थिए । कोरानोभाइरसपछि रोजगारी गुमाएका र विभिन्न समस्यामा परेर उद्धार गर्नुपर्ने अवस्था भएका नेपालीलाई स्वदेश फर्काइएको हो । विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्ने काम भने अझै भइरहेको छ ।

१६ असारसम्म सबैभन्दा बढी कुवेतबाट २ हजार ६ सय ३३ जना नेपाली स्वदेश फर्किएका छन् । उद्धार उडान गरेर नेपाल भित्रिएकामा युएईबाट २ हजार २ सय ६९ जना, कतारबाट १ हजार ५ सय १५, साउदी अरेबियाबाट १ हजार ३ सय ७१, मलेसियाबाट १ हजार ३ सय ६१, बाङ्लादेशबाट ८ सय १५, माल्दिभ्सबाट ६ सय ४, जापानबाट ४ सय ९२ र अस्ट्रेलियाबाट ४ सय ८३ जना नेपाल आएका छन् ।

यस्तै बहराइनबाट ४ सय २०, थाइल्याण्डबाट ३२६, ओमानबाट ३ सय १३, अमेरिकाबाट २ सय ८२, दक्षिण कोरिया २ सय २८, सिंगापुरबाट १ सय ४६, बेलायत २ सय २९, हङकङबाट ८९, पाकिस्तान ७२, म्यानमारबाट २६, अफगानिस्तानबाट १८ र श्रीलंकाबाट ५ जना गरी १३ हजार ७ सय ७ नेपाली स्वदेश फर्किएका हुन् ।

कुन देशबाट कति फर्किए ? हेर्नुहोस् सूची :-

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977012563″ /]

स्रोत: सिसिएमसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *