नेकपा स्थायी कमिटी बैठक जारी, ओलीको पक्षमा होला त बहस ?

काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बुधबारको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा आज बाँकी सदस्यहरुले आ–आफ्नो धारणा राख्नेछन् ।

मंगलबारको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको दुवै पदबाट राजीनामा मागिएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, दुई वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसँगै अन्य सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । ओलीले पार्टी विधि र पद्धतिलाई अस्वीकार गर्न नपाउने उनीहरूको भनाइ थियो ।

मंगलबारको बैठकमा मंगलबारको बैठकमा ओली सहित प्रचण्ड र माधव नेपाल निकट १८ स्थायी कमिटी सदस्यहरुले धारणा राखेका थिए । आफ्नो राजीनामा माग भएपछि ओलीले आफ्नो तर्फबाट रणनीति बनाउन बुधबार बिहान आफू निकटका नेताहरुलाई बालुवाटारमै बोलाएर छलफल गरेका छन् । आफ्नो पक्षमा बोलिदिन समेत ओलीले आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *