पूर्वमन्त्री बाँस्कोटाको घरमा विष्फोट गराएको अभियोगमा विप्लव समूहका इन्चार्ज पक्राउ

काठमाडौं । पूर्वसूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमा विष्फोट गराएको अभियोगमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका इन्चार्ज पक्राउ परेका छन् ।

विष्फोट गराएको अभियोगमा विप्लव समूहका भक्तपुर जिल्ला इञ्चार्ज विजय शाही भनिने ऐनबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई अहिले महानगरीय प्रहरी वृत्त ठिमीमा राखेर अनुसन्धान थालिएको जानकारी दिइएको छ ।

२८ फागुनमा मनहरा फाँटस्थित बाँस्कोटाको निर्माणाधीन घरमा विष्फोट भएको थियो । विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुगेको थियो । छिमेकीका घर र एउटा भ्यानमा समेत बमले क्षति भएको थियो । घटना लगतै संलग्नताको आरोपमा चार जनालाई  नियन्त्रणमा लिइएकाे थियाे । तीमध्ये एक जना संलग्नता पुष्टि नभएपछि छुटेका छन् भने तीन जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *