पूजामाथि सुष्माको छड्के प्रहारः ‘फेक तारिफमा कहिलेसम्म रमाउने होला !’

काठमाडौं । नायिका पुजा शर्मा पछिल्लो अन्तर्वार्तापछि उनिप्रति नकारात्मक धारणा बढी रहेको छ । प्राइम टाइम टेलिभिजनमा प्रकाश सुवेदीको ‘रजतपट अंकल’ मा कुराकानी गर्ने क्रममा सोधिएका सामान्य प्रश्नको जवाफ मिलाउन नसकेपछि उनको ट्रोल बनिरहेको छ ।

अन्तर्वार्तामा कार्यक्रम प्रस्तोता प्रकाशले नेपालमा कति वटा प्रदेश छन् भनेर पुजाले ‘७२’ भएको जवाफ दिइन् । त्यसपछि उनले कति जिल्ला छन् भनेर सोधे, पुजाको जवाफ थियो– १४ । उक्त अन्तर्वार्ता सार्वजनिक भएलगत्तै त्यति सामान्य पनि नजानेको भन्दै धेरैले उनीमाथि नराम्रो टिकाटिप्पणी गरिरहेका बेला अर्की नायिका सुषमा कार्कीले पनि उनीमाथि छड्के प्रहार गरेकी छिन् । उनले उक्त भिडियो अन्तर्वार्ता डिलेट गराएको समेत आरोप लगाएकी छिन् ।

‘बोल्ने बेला बोल्ने अनि एउटा सञ्चार माध्यमलाई अन्तरवार्ता डिलेट गर्न लगाउनु जस्तो कायरता केही होइन । बोलेका कुराहरु बर्षौ सम्म रहन्छ भन्ने कुराको पनि ज्ञान छैन रैछ त ! अनि मलाई त खुब बोल्ने बेला बिचार पुर्याएर बोल्नु पर्छ’, सामाजिक सञ्जालमा नाम नतोकि उनले लेखेकी छिन्– ‘एकपटक बोलेपछी कहिले पनि मेट्न सअकिदैन भनेको होइन ? वास्तविक जनताले गाली गरेपछी त भाग्नु पर्दो रैछ त ! फेक तारिफमा र आत्मरत्तिमा कहिलेसम्म रमाउने होला ?’

पुजा र सुष्माको यसअघि पनि विवाद भएको थियो । नायिका कार्कीले दुई वर्षअघि पुजा लगायतका कलाकारको आलोचना पछिल्लो समय टिकटकमार्फत् भाइरल हुँदा विवादमा तानिएकि थिइन् । आफूलाई बदनाम गर्न र कलाकारसँग आफ्नो सम्बन्ध बिगार्न पूजाले नै फेक फ्यानको आइडी बनाएर नराम्रो कमेन्टहरु गरेको आरोप समेत उनले लगाएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *