एमसिसीविरुद्ध चन्द्रागिरिमा पनि प्रदर्शन
२०७७ असार १६ गते

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसेन (एमसिसी) विरुद्ध काठमाडौंको चन्द्रागिरीमा प्रदर्शन गरिएको छ । राष्ट्रिय झण्डासहित चन्द्रागिरिमा रहेको ११ दलिय युवा जागरण संयुक्त मोर्चाले एमसिसी सम्झौता खारेज गर्न माग गर्दै प्रदर्शन गरेको हो ।
प्रदर्शनमा उत्रिएकाहरुले ‘राष्ट्रिय स्वाधीनता रक्षा गरौं, एमसिसी धोका हो, षड्यन्त्रको पाेका हो, लिम्पियाधुरा, कालापानी, लिपुलेक हाम्रै हो, भारतीय सेना कालापानी छोड’, लगायतका नारा लगाएका थिए ।
थानकोटबाट सुरू भएको र्याली गुर्जुधारामा आएर कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै नेकपा क्रान्तिकारी माओवादी वैद्यका नगर इन्चार्ज सुरेश तामाङले देशलाई बचाउन र राष्ट्रिय स्वाधीनताको लडाइँमा युवाहरू सशक्त भएर लाग्नुपर्ने बताए । एमसिसि कुनै हालतमा संसदबाट पास हुनबाट रोक्न र जसरी भएपनि खारेज गर्नुपर्ने उनको भनाइ छ ।
२०७७ असार १६ गते
प्रतिक्रिया
सम्बन्धित








