चितवनमा सार्वजनिक शव वाहन सञ्चालन

चितवन । चितवनमा पहिलो पटक सार्वजनिक शव वाहन सञ्चालनमा आएको छ ।

मृत्युपछि अन्तिम संस्कारका लागि घरबाट घाटसम्म पुर्याउन अहिलेसम्म जिल्लामा सार्वजनिक रुपमा शव वाहन थिएनन्  । लायन्स क्लब अफ चितवन नेशनल पार्कले शव वाहन संचालनमा ल्याएको हो । क्लबका संस्थापक अध्यक्ष निरज श्रेष्ठ जिल्लामा आवश्यकता महसुस गर्दै सार्वजनिक शव वाहन संचालन गरिएको बताए । सो बहान क्लबकै नेतृत्वमा संचालन हुनेछ ।

लायन्स क्लब अफ चितवन राईनो सिटीले करिब दुई वर्षअघि शव वाहन संचालन सहित विभिन्न उद्देश्य राखेर महोत्सव आयोजना गरिएपनि त्यो बेला सो क्लबले शव वहान संचालन गर्न सकेन । तर लायन्स क्लब अफ चितवन नेशनल पार्कका संस्थापक अध्यक्ष निरज श्रेष्ठको नेतृत्वमा क्लबका सदस्यहरु र रत्ननगर घर भई हाल विदेशमा रहेकाहरुको सहयोगमा शव वहान मंगलबारदेखि संचालनमा ल्याईएको हो ।

‘सार्वजनिक शव वहान नहुँदा धेरै पैसा खर्च गरेर घाट सम्म पुर्याउनुपर्थ्याे । क्लबले संचालनमा ल्याएको शव वाहनले सहुलियत रुपमा सेवा दिने छ,’ क्लबका अध्यक्ष श्रेष्ठले भने । क्लबले संचालनमा ल्याएको शव वाहनले सहुलियत रुपमा सेवा दिने छ । निजी साधनले देवघाटसम्म शव पुर्याउन ६ हजार रुपैयाँसम्म लिने गरेको उनले बताए । अहिले चलनचल्तीमा रहेको शुल्कमा ५० प्रतिशत छुट दिएर सेवा दिने क्लबले जनाएको छ । शव वहानले जिल्लाभर सेवा प्रदान गर्ने श्रेष्ठले जानकारी दिए ।

मंगलबार एक औपचारिक कार्यक्रम गरि शव वाहन संचालनको सुभारम्भ गरिएको थियो । लायन्स क्लबका डिष्ट्रिक भाईस गर्भनर रामप्रसाद भट्टले बुधवार देखी नेशनल पार्कको अध्यक्षता सम्हाल्न लागेका निर्मल बोहोरालाई शव वाहनको चावी हस्तान्तरण गरे ।

क्लबका संस्थापक अध्यक्ष निरज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लवका डिष्ट्रिक एडभाईजरहरु दिपेन्द्र खतिवडा र योगेन्द्रनाथ अधिकारी,क्लवका एरिया चिफद्वय प्रकाशचन्द्र भट्टराई र प्रभाकर पण्डितले मन्तव्य राखेका थिए । लायन्स क्लव अफ चितवन नेशनल पार्कले लकडाउनका वेला विरामीहरुलाई घरघरमै औषधी पुर्याउने काम समेत गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =