सिङघिया खोलामा भेटियो एक पुरुषको शव

विराटनगर । सिंङघिया खोलामा एक पुरुषको शव फेला परेको छ । विराटनगर– ८ असोक चोकस्थित सिङघिया खोलामा बाँसको झ्याङमा अड्किएको अवस्थामा सोमबार बिहान शव फेला परेको हो । खोलामा खेल्ने क्रममा सो स्थानका बालबालिकाले उक्त शव देखेका थिए ।

स्थानीयले शव देखे लगत्तै प्रहरीलाई खबर गरेका थिए । घटनाको खबर पाएलगत्तै हाट खोला प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरीटोली घटना स्थलमा पुगेको थियो । प्रहरीले खोलाबाट शव बाहिर निकालेको थियो ।

उक्त शव खोलाले बगाएर ल्याएको हुन सक्ने आशङ्का गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उक्त घटनाको अनुसन्धान भईरहेकोे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *