बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठक साँझ ६ बजेदेखि सुरु भएको हो ।  आज बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनबारे छलफल गर्ने स्रोतले जानकारी दिएको छ ।

सम्भवतः आजको मन्त्रीपरिषद् बैठकले लकडाउनलाई अझ कडाइ गर्ने बताइएको छ ।

यस अघि बसेको सीसीएमसीको बैठकले उपत्यका प्रवेश गर्नको लागि स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार १४ दिन होम क्वारेन्टीन बस्ने प्रतिवद्धतासहित स्थानीय तह र प्रहरीको सिफारिस पनि चाहिने निर्णय गरेको थियो ।

लकडाउनको बारेमा भने मन्त्रिपरिषद्ले नै निर्णय गर्ने बताइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *