सीसीएमसीकाे निर्णय : १४ दिन होम क्वारेन्टिनमा बस्ने प्रतिबद्धतासहित उपत्यका प्रवेश गर्न दिइने

काठमाडाैँ । १४ दिन होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धतासहित स्थानीय तहको सिफारिस लिएर आउनेले उपत्यका प्रवेश गर्न पाउने भएका छन् ।

सोमबार बसेको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मापदण्डअनुसार स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धतासहित उपत्यका प्रवेश गर्न दिने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार १४ दिन होम क्वारेन्टिन बस्ने प्रतिवद्धतासहित स्थानीय तह र प्रहरीको सिफारिस लिएर आउनेलाई उपत्यका प्रवेश गर्न दिने  निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का सचिव महेन्द्र गुरागाईँले जानकारी दिएका छन् ।

उक्त निर्णय हवाई तथा स्थल मार्गबाट आउने सबैमा लागू हुने बताइएको छ ।

यस्तै स्वास्थ्य सामाग्री वितरणमा स्वास्थ्य मन्त्रालयको अनिवार्य अनुमति लिनुपर्ने निर्णय पनि गरिएको छ ।

विमानस्थलबाट बाहिरिनेहरूका लागि स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ । विमानस्थलका कर्मचारीहरूलाई भने प्रतिव्यक्ति २/२ थानका दरले स्वास्थ्य सुरक्षा सामग्री पनि वितरण गर्ने सीसीएमसीले निर्णय गरेको छ ।

यस्तै लकडाउनका बारेमा भने मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने बताइएको छ ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *