कोरोना नियन्त्रणका लागि सिटिजन्स बैङ्कको ६१ लाख सहयोग, ९५ औँ शाखा सलकपुरमा

काठमाडौँ । सिटिजन्स बैङ्कले कोरोना रोकथाम तथा नियन्त्रणका लागि हाल सम्म ६१ लाख सहयोग गरिसकेको छ । बैङ्कले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त रकम देशका विभिन्न स्थानमा रहेका कोरोना रोकथाम कोषलाई सहयोग गरेको हो ।

बैङ्कले प्रत्येक प्रदेश सरकार अन्तर्गतको कोषमा ७ लाखका दरले रु ४९ लाख , विभिन्न स्थानीय निकायमा खडा गरिएको कोषमा करिब ६ लाख तथा विभिन्न सङ्घ संस्थालाई ६ लाख गरी हालसम्म कुल ६१ लाख नगद सहयोग गरेको जनाउको छ ।

हाल सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले शाखाविस्तार गर्ने क्रममा आज असार १५ गतेबाट मोरङको सलकपुरमा पनि शाखा सञ्चालनमा ल्याएको छ ।

कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैङ्कले सलकपुर शाखा सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

branch photos- salakpur

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977012116″ /]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *