सीमा सुरक्षाका लागि सशस्त्रका ८९ बीओपी थपिँदै, कहाँ कहाँ थपिँदैछन् ? (सूचीसहित)

काठमाडौँ । सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ८९ बीओपी थप गर्ने तयारी गरेको छ । हाल तत्कालका लागि गृह मन्त्रालयले ८९ वटा बीओपी थप्ने प्रक्रिया अगाडि बढाइसकेको छ । सीमा सुरक्षाका लागि बोर्डर आउट पोष्ट (बीओपी)को सङ्ख्या ५ सय पुर्‍याउने तयारी गरिरहेको गृह मन्त्रालय श्रोतले जानकारी दिएको छ ।

चालु आर्थिक वर्षभित्रै २१ वटा बीओपीको स्तरोन्नति भएको गृह मन्त्रालयको तथ्याङ्क छ। हाल भारत र चीन तर्फका सीमानामा ८६ वटा बीओपी रहेका छन्। सरकारले ११४ वटा बीओपी थप गर्ने निर्णय गरेको थियो। यो निर्णय अनुसार भारततर्फ २१ र चीन तर्फका सीमानामा ४ वटा बीओपी स्थापना भइसकेका छन्। बाँकी रहेका ८९ बीओपी स्थापना गर्नका लागि पनि प्रक्रिया अगाडि बढिसकेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

यो सँगै भारत र चीनका सिमानामा २२२ वटा बीओपी रहनेछन्।

हाल तयारीमा प्रदेश १ का सिमानामा ३०, प्रदेश २ मा १३ र बागमती प्रदेशमा २ वटा, प्रदेश ५ मा ३६ वटा र सुदूरपश्चिम प्रदेशका सिमानामा १३ वटा बीओपी रहने छन्। हाल आधाभन्दा बढी सशस्त्रको जनशक्ति सिमानामा खटाइएको छ।

यस्तो छ सूची :

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977011912″ /]

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *