सिद्धार्थ इन्स्योरेन्सको सञ्चालकमा चार वर्षका लागि केडिया निर्विरोध निर्वाचित

काठमाडौँ । सिद्धार्थ इन्स्योरेन्सको सञ्चालनमा सुमित कुमार केडिया निर्विरोध निर्वाचित भएका छन् । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड कम्पनीको आज सम्पन्न १८औँ वार्षिक साधारण सभाबाट केडिया निर्विरोध निर्वाचित भएका हुन् ।

कम्पनीको १८औँ वार्षिक सभाले आगामी ४ वर्षको लागि सर्वसाधारण सेयर धनीहरूको तर्फबाट केडियालाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको कम्पनीका उप प्रमुख योगेश कृष्ण श्रेष्ठले बताए ।

आज सम्पन्न वार्षिक साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए ।

आ.व. २०७५/७६ मा कम्पनीले विभिन्न बिमा व्यवसाय अन्तर्गत रु.१ अर्व ८६ करोड २१ लाख ६१ हजार बिमा शुल्क आर्जन गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *