रेखा थापाको नयाँ चलचित्रको छायांकन भदौको दोस्रोे हप्ताबाट शुरु

काठमाडाैं । अभिनेत्री रेखा थापाले निर्माण गर्न लागेको नयाँ चलचित्र भदौको दोस्रो हप्तादेखि छायांकन शुरु हुने भएको छ । वैशाखबाट फ्लोरमा जाने भनिएको चलचित्र विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसकोे कारण रोकिएको थियो ।

अब पुनः चलचित्रको छायांकन भदौ दोसो हप्ताबाट शुरु हुने भएकाे हाे । अभिनेत्री थापा भन्छिन्, ‘कहिले सम्म डराएर बस्ने ? प्राविधिकदेखि कलाकारसम्मको रोजिरोटी बन्द हुन लागि सकेको छ । अब सावधानी अपनाएर हरेक क्षेत्रमा सकृय हुनपर्छ । लापरवाही गरे आफैँलाई हानी हुने हो ।’

सरकारले पनि चलचित्र छायांकनमा जानलाई विषेश सहयोग गर्नुपर्ने थापाको भनाइ छ । चलचित्रमा अभिनेत्री थापा र अभिनेता सौगात मल्लको मुख्य भुमिका रहने छ । विदेशमा अलपत्र परेका युवा वर्गहरु र समग्र बेरोजगार युवाको कथामा सो चलचित्र निर्माण हुन लागेको हो ।

लक्ष्मी पुजामा रिलिज हुने भनिएको चलचित्रको नयाँ रिलिज मिति भने तय भएको छैन । उक्त चलचित्रलाई सबिर श्रेष्ठले निर्देशन गर्ने भएका छन् । कोरोनाको कारण रोकीएको चलचित्र क्षेत्र अब भने चलायमान हुने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *