कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो, कति भए निको ?

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेको संख्या १ करोड नाघेको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार बिहानसम्म विश्वभर संक्रमितको संख्या १ करोड ७५ हजार १११ पुगेको हो ।

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ लाख ६२६ छ भने हालसम्म ५४ लाख ५३ हजार २४७ जना निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख २८ हजार १५२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या २५ लाख ९६ हजार ५३३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४३ हजार ५४७ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ५१२ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या १३ लाख १५ हजार ९४१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ९५४ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ५७ हजार १०३ पुगेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार १०३ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा २० हजार १३१ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको ५ लाख २९ हजार ५७७ पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *